skip to Main Content

यस क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी मध्ये कतिपयले आर्थिक बर्ष २०७१।२०७२ मा महालेखा परीक्षणको क्रममा औंल्याइएको आयकर दाखिला गर्न वाँकी रकम आन्तरिक राजश्वमा बुझाएर पनि सो को प्रमाण कागजहरु यस क्याम्पसमा बुझाएको पाइएको छैन । नेपाल सरकार महालेखा कार्यालयमा सम्परीक्षणको लागि उक्त प्रमाण आवश्यकता परेकाले यसै आ.व.मा बुझाएको करको रसिद र आयकर चुक्ता गरेको कागजको सक्कलै प्रति र २।२ प्रति फोटोकपि यहि २०७३।३।१५ गते भित्रमा आर्थिक प्रशासन शाखामा बुभाउनुहुन सूचित गरिएको छ । यदि उक्त कागजात नबुझाएको खण्डमा आउन सक्ने कठिनाइको जिम्मेवार अाँफै हुने जानकारी गराइन्छ ।

नोटः महालेखाले औल्याएको आयकर दाखिला गर्न वाँकी रहेका शिक्षक कर्मचारीले पनि सो बुझाई कर चुक्ताको प्रमाण पेश गर्नुहुन सुचित गरिन्छ ।

Back To Top